२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राजनीतिक परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : कांग्रेस



काठमाडौं । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजिनामा र त्यसपछिको अवस्थाका बारेमा सुक्ष्मढङ्गले हेरिरहेको प्रतिक्रिया दिए । उनले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताए ।

नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, “अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।”

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ३९ बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन