११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी छ : अर्थमन्त्री पौडेल



बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् ।

भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरुरी रहेको बताए । उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने उल्लेख गरे ।

“गुणस्तर र समयलाई ध्यान दिँदै लुम्बिनीसँग जोडिएका बुद्धकालीन सम्पदासहित बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण अगाडि बढाएका छौं”, उनले भने। गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसबाट समग्र लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । उनले तराईका समथर भूमिमा उत्पादन तथा रोजगारी वृद्धि गरी देशको कूल ग्रार्हस्थ्य उत्पादनमा सरकारले जोड दिइरहेको बताए ।

“भेरी बबई सिँचाइ आयोजना, राप्तीको पानी कपिलवस्तुमा पु¥याउने, नौमुरे आयोजना, कालीगण्डकी तिनाउ डाइभर्सनलगायत आयोजनाबाट पश्चिम तराईमा कृषि उत्पादनमा टेवा मिलेको छ”, उनले भने ।

मन्त्री पौडेलले बाँकेको कोहलपुर, दाङ उपत्यका तथा बुटवलको भैरहवामा गरी लुम्बिनीमा तीनवटा आधुनिक र व्यवस्थित सहरसहितको महानगर बनाउने तयारीमा सरकार रहेको जानकारी दिए । लुम्बिनी प्रदेश निजी क्षेत्रका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पौडेलले यो क्षेत्र उद्योगी र व्यवसायीका लागि उर्वर थलोका रुपमा विकास भइरहेको बताए ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : १४ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३