२३ असार २०८३, मंगलबार | July 7, 2026

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन



काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ ।

गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट चेन्ज जर्नालिस्ट्स फोरम) गठन गरेको थियो ।

सो तदर्थ समितिमा आबद्ध पत्रकारहरूले भर्चुअल माध्यमबाट विभिन्न चरणमा बैठक गरी संस्था गठनको आवश्यक प्रक्रिया अघि बढाउनुका साथै विधानलाई अन्तिम रूप दिएर आइतबार कार्यकारी समितिको नामावली सार्वजनिक गरेको हो । भारतका पत्रकार आशीष गुप्ताको अध्यक्षतामा १८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ ।

मञ्चको कार्यकारी उपाध्यक्षमा करामोत उल्लाह विप्लव (बङ्गलादेश), उपाध्यक्षत्रयमा महिन्दा पाथिराना (श्रीलङ्का), श्रीराम सुवेदी (नेपाल) र मोहम्मद रबनावाज चौधरी (पाकिस्तान) रहेका छन । महासचिवमा असदुज्जमान सम्राट (बङ्गलादेश), सहायक महासचिवद्वयमा भीष्मराज ओझा (नेपाल) र राई मुनाब्बर (माल्दिभ्स) तथा कोषाध्यक्षमा मासुम बिल्लाह (बङ्गलादेश) रहेका छन ।

त्यसैगरी मञ्चको कार्यकारी सदस्यमा सिके नायक (भारत), कुन्तक चटर्जी (भारत), सुनितकुमार भुयान (भारत), रिञ्जिन वाङ्चुक (भुटान), इमरान वाई चौधरी (पाकिस्तान), केजे फैजा गिलानी (पाकिस्तान), केलुम बन्दारा (श्रीलङ्का), प्रगति ढकाल (नेपाल) र रफिकुल इस्लाम सबुज (बङ्गलादेश) रहेका छन ।

सार्क सचिवालयबाट मान्यता दिलाउन प्रक्रिया अघि बढेको मञ्चले जनाएको छ । यसैगरी सार्कका सबै देशले आ-आफ्ना च्याप्टर गठन गर्न सक्ने विधानमा उल्लेख छ । मञ्चको मुख्यालय बङ्गलादेशको ढाकामा रहने महासचिव सम्राटले बताए । उच्चतम हिमाल, पहाडी भू-भाग, समथर भूमिसहित सामुद्रिक क्षेत्रसँग जोडिएको दक्षिण एसिया जलवायु परिवर्तनका कारण हुने जोखिममा अग्रपङ्क्तिमा आउँछ । यही चुनौतीलाई सम्बोधन गर्ने दिशामा सञ्चारमाध्यमको भूमिकालाई सशक्त पार्न यो संस्थाले काम गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १२ : ४० बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै