२ चैत्र २०८२, सोमबार | March 17, 2026

कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : बिजुक्छेँ



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । आज रफत सञ्चार क्लब भक्तपुरको १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्याएको आरोप लगाए ।

बिजुक्छेँले भने, “प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारका रुपमा रहेर सरकारको गतिविधिलाई नियाल्नुपर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो, कांग्रेसले त्यो जिम्मेवारी छाडिदियो ।”

संसद्मा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छेँले भने, “राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसद्मा सभामुखले रोक्नु गलत हो, संसद्मा बोल्न पाउनुपर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइँदैन ।”

कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन कसरी टिकाउने, राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमतिअनुसार कार्यान्वयन कसरी गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताए ।

प्रधानमन्त्री दाहाललाई सुझाव दिन्छु भन्दै ज्ञवालीले भने, “कुन र कस्तो कठिन अवस्थामा नयाँ सङ्कल्पका साथ एमालेले प्रचण्डलाई सरकारको नेतृत्वमा ल्याएको थियो, त्यो पृष्ठभूमिलाई हेक्का राखेर परिपक्व नेतृत्व गर्नुस् त्यो मेरो सुझाव हो, इतिहासले पटक पटक अवसर दिँदैन ।”

उनले मन्त्रालयको आकार घटाउने, खर्च कटौती गर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतबाट जनतामा अहिलेको सरकारबाट आशा पलाइरहेको उल्लेख गरे । नेपाली सञ्चारमाध्यमबाट सम्प्रेषित कतिपय समाचारमा विश्वसनीयताको खडेरी लागेको भन्दै उनले कतिपय समाचार हेर्दा चाहिनेभन्दा बढी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरेको र दोहन गर्ने ढङ्गले आएकाले त्यस्ता कार्य रोकिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, कल्पना स्मृति कोषका अध्यक्ष एवं रफत सञ्चार क्लबका संरक्षक प्रेमबहादुर थापा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिलगायतले रफत सञ्चार क्लबले १३ वर्षमा भक्तपुरलाई चिनाउन खेलेका भूमिकामाथि चर्चा गरेका थिए ।

रफत सञ्चार क्लबका अध्यक्ष शसिलबन्धु थापाले भक्तपुर सञ्चार क्षेत्रमा निकै पछाडि परेको अवस्थामा सुरु भएको क्लबले राजनीतिक, सामाजिक, सांस्कृतिक बहस, छलफल गर्दै आवाज विहीनहरुको आवाजलाई समेत उठान गर्दै आएको बताउनुभयो ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ३१ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित