७ आश्विन २०८३, बुधबार | September 23, 2026

खुट्टा काटिएको अवस्थामा हल गोरु फेला



खोटाङ । खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन् । खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे फोक्सिङटारका सुर्य माझीको हल गोरुको खुट्टा काटिएको हो ।

धारिलो हतियार प्रयोग गरेर खुट्टा काटिएका गोरु हिँड्न नसक्ने अवस्थामा फेला परेको स्थानीय कर्णसेर राईले बताए ।

माझीले चरनका लागि हल गोरु छाडेका थिए । पहाडी क्षेत्रमा हिँउदको समयमा गाईवस्तु चरिचरनका लागि खुला छाड्ने प्रचलन छ । तर माझीले चरनमा छाडेको गोरु खुट्टाका विभिन्न ठाउँमा काटिएको घाइते अवस्थामा फेला परेको हो ।

हिउँदे तरकारी बाली खाइदिएपछि स्थानीयले गोरुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अनुमान गरिएको छ ।

गोरुको खुट्टा काटेर घाइते बनाइदिएको जानकारी आएपछि घट्नास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । घटनाको विषयमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ४५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज