२३ असार २०८३, मंगलबार | July 7, 2026

रवि लामिछाने आफ्नै पार्टी भित्र एक्लिँदै, आउन थाले आलोचनाका स्वरहरु



काठमाडौं । रास्वपा अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा व्यक्त गरेका अभिव्यक्ति प्रति उनकै पार्टी भित्रबाट सांकेतिक विरोधका स्वरहरु सार्वजनिक हुन थालेका छन् । रविको अभिव्यक्तिलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले पार्टीको बैठकमा छलफल नभएको विषय व्यक्तिको मात्रै धारणा रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले पार्टीको बैठकमा छलफल नभएको विषयमा बोल्न बाध्य बनाउनु न्यायसंगत नभएको बताएका हुन् ।

पार्टीको आधिकारिक बैठकमा छलफल नै नभएको र पार्टीमा औपचारिकरअनौपचारिकरुपमा थाहै नदिइएको वक्तव्यको धारणा र परिणामका बारेमा बोल्नै पर्ने बाध्यता स्वयम व्यक्ति बाहेक अरु कसैको नहुने उनले बताउका छन् । उनले अरुलाई बोल्न बाध्य बनाउनु न्यायसंगत नहुने उल्लेख गर्दै कुनै प्रसंगलाई वेवास्ता गर्दैमा ‘नाजवाफ’ भएको भन्न नमिल्ने पनि स्पस्ट पारेका छन् ।

उनले रविको अभिव्यक्ति भडास हो वा भण्डाफोर हो भन्ने छुट्याउने जिम्मा भने पाठकलाई छाडेका छन् । कार्कीले हिंसा रवि लामिछानेप्रति पनि हुन नहुने र रवि लामिछानेले पनि अरुप्रति नहुने बताएका छन् ।

संविधानले र संविधान मान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता दुवैको वकालत गर्ने स्पष्ट पाद्रै स्वतन्त्रताले अर्काको अधिकारक्षेत्र अतिक्रमण गरेमा कानुनी बाटो समाउन समेत सुझाव दिएका छन् ।

उता रविको अभिव्यक्ति प्रति उनकै पार्टीका केन्द्रीय समितिका पदाधिकारीले आलोचना गरेको खबर सार्वजनिक भएको छ । संसदीयदलका प्रमुख सचेतक अभिव्यक्तिलाई लिएर आत्माआलोचना गर्नुपर्ने धारणा राखेको तथा रास्वपा सांसद गणेश पराजुलीले रविको अभिव्यक्तिले बुद्धिजीविहरुलाई निरास बनाएको धारणा बैठकमा राखेका थिए । बैठकमा पार्टी प्रवक्ता मुकट ढकाल बाहेक प्राय सबैले रविको आलोचना गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : २५ बजे

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको

पर्वतको पैयूँ गाउँपालिकामा आधुनिक बाल उद्यान निर्माण

पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर