४ पुस २०८२, शुक्रबार | December 20, 2025

रवि लामिछाने आफ्नै पार्टी भित्र एक्लिँदै, आउन थाले आलोचनाका स्वरहरु



काठमाडौं । रास्वपा अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा व्यक्त गरेका अभिव्यक्ति प्रति उनकै पार्टी भित्रबाट सांकेतिक विरोधका स्वरहरु सार्वजनिक हुन थालेका छन् । रविको अभिव्यक्तिलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले पार्टीको बैठकमा छलफल नभएको विषय व्यक्तिको मात्रै धारणा रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले पार्टीको बैठकमा छलफल नभएको विषयमा बोल्न बाध्य बनाउनु न्यायसंगत नभएको बताएका हुन् ।

पार्टीको आधिकारिक बैठकमा छलफल नै नभएको र पार्टीमा औपचारिकरअनौपचारिकरुपमा थाहै नदिइएको वक्तव्यको धारणा र परिणामका बारेमा बोल्नै पर्ने बाध्यता स्वयम व्यक्ति बाहेक अरु कसैको नहुने उनले बताउका छन् । उनले अरुलाई बोल्न बाध्य बनाउनु न्यायसंगत नहुने उल्लेख गर्दै कुनै प्रसंगलाई वेवास्ता गर्दैमा ‘नाजवाफ’ भएको भन्न नमिल्ने पनि स्पस्ट पारेका छन् ।

उनले रविको अभिव्यक्ति भडास हो वा भण्डाफोर हो भन्ने छुट्याउने जिम्मा भने पाठकलाई छाडेका छन् । कार्कीले हिंसा रवि लामिछानेप्रति पनि हुन नहुने र रवि लामिछानेले पनि अरुप्रति नहुने बताएका छन् ।

संविधानले र संविधान मान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता दुवैको वकालत गर्ने स्पष्ट पाद्रै स्वतन्त्रताले अर्काको अधिकारक्षेत्र अतिक्रमण गरेमा कानुनी बाटो समाउन समेत सुझाव दिएका छन् ।

उता रविको अभिव्यक्ति प्रति उनकै पार्टीका केन्द्रीय समितिका पदाधिकारीले आलोचना गरेको खबर सार्वजनिक भएको छ । संसदीयदलका प्रमुख सचेतक अभिव्यक्तिलाई लिएर आत्माआलोचना गर्नुपर्ने धारणा राखेको तथा रास्वपा सांसद गणेश पराजुलीले रविको अभिव्यक्तिले बुद्धिजीविहरुलाई निरास बनाएको धारणा बैठकमा राखेका थिए । बैठकमा पार्टी प्रवक्ता मुकट ढकाल बाहेक प्राय सबैले रविको आलोचना गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको