२३ असार २०८३, मंगलबार | July 7, 2026

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गतका आयोजनाको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले पदवहालीका क्रममा र संसद्मा प्रतिबद्धता जनाएअनुरूपका कामको प्रगतिबारे सचिवहरूसँग ब्रिफिङ लिएको जानकारी दिइन् । सचिवहरूको बैठकमा प्रधानमन्त्रीले जिम्मेवारी लिएपछि सबै मन्त्रालयका सचिवलाई एकीकृत कार्ययोजना ल्याउन निर्देशन दिएको उनले बताइन् ।

एकीकृत कार्ययोजनाको कार्यान्वयनको स्पष्ट मापदण्डसहित आज प्रधानमन्त्रीसहित सबै उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोग, सबै मन्त्रालयका सचिवको उपस्थितिमा छलफल भएको थियो । उक्त छलफलले सबै मन्त्रालयअन्तर्गतका योजनालाई आगामी बजेटको केन्द्रविन्दुमा राखेर निश्चित समयावधिमा कार्यान्वयन गर्नेगरी योजना समावेश गरिएको र सोको कार्यान्वयनका लागि सबै योजना अगाडि बढाउन प्रधानमन्त्रीबाट गम्भीरतापूर्वक निर्देशन भएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।

त्यसैगरी प्रधानमन्त्री दाहालले राजनीतिक संयन्त्र र प्रशासनिक संयन्त्रको बीचमा हुने अन्योललाई चिर्न यस किसिमको छलफललाई निरन्तरता दिन र सबै मन्त्रालयको एकीकृत कार्ययोजनाको कार्यान्वयन र अनुगमन गरी मुलुकको अर्थतन्त्रमा सुधार गर्नेगरी काम गर्न आग्रह गरेका छन् ।

राहदानी वितरण व्यवस्थित गर्न प्रधानमन्त्रीले पदबहालीकै क्रममा सचिवलाई निर्देशन दिएको र उक्त विषय अझै पनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सुधार गर्न निर्देशन दिए ।

छलफलमा सबै सरोकारवालाले अघि बढेका कार्ययोजनाको कामलाई समयावधिभित्रै सक्नेगरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पनि सञ्चारमन्त्री शर्माले जानकारी दिइन् । सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री शर्माले संसद्लाई सक्रिय र प्रभावकारी बनाउन सरकारले विधेयक अघि बढाउने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको पनि जानकारी दिइन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : २७ बजे

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको

पर्वतको पैयूँ गाउँपालिकामा आधुनिक बाल उद्यान निर्माण

पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा