२२ बैशाख २०८१, शनिबार | May 4, 2024

लुम्बिनीमा रामकथा वाचन शुरु, बुद्धधर्म, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यक्रम गर्न दिने सहमति



बुटवल । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा रामकथा प्रवचन शुरु भएको छ । भारतीय ख्यातीप्राप्त सन्त कथावाचक मोरारी बापुबाट लुम्बिनीमा रामकथा वाचन शुरु भएको हो ।

९ दिनसम्म चल्ने प्रवचनमा नेपाल बाहेक भारत लगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिएका छन् ।

आध्यात्मिक गुरु मोरारीले यसअघि नेपालमा सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन गरिसकेका छन । यस्तै काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भइसकेको अग्रवालले बताए । मोरारी बापुको लुम्बिनीमा शुरु भएको कथा वाचन ९१२ औ कथा वाचन हो । कार्यक्रम स्थलमा दैनिक निस्शुल्क भोजनको व्यवस्था गरिएको छ ।

प्रवचनका लागि लुम्बिनी आएका सन्त मोरारीले सोमबार मायादेवी मन्दिरको दर्शन गर्दै पवित्र भूमीमा आउन पाउँदा परमआनन्द महसुस गरेको बताएका छन् । प्रवचनले लुम्बिनीको पर्यटन प्रवर्द्धन र प्रचार(प्रसारमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

कथा आरम्भमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, प्रदेशसभा सदस्य सिके गुप्ता, अर्का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र स्थानीय तहका जनप्रपितिनिधिहरुको उपस्थिती रहेको थियो ।

बिरोध गर्नेहरु आए सहमतिमा

बुद्धको जन्मस्थलमा रामकथा गर्न नहुने माग सहित विरोधमा उत्रिएका समुहहरु आजबाट सहमतिमा आएका छन् । स्थानीय प्रशासनको रोहबरमा लुम्बिनी विकास कोषसँग ४ बुँदे सहमति गर्दै रामकथा वाचनको विरुद्ध गरिएका विरोधका कार्यक्रम सो समुहले स्थगित गरेको छ । विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ ।

अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्धधर्म, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने, उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति भएको छ ।

सहमतिमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र रामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले हस्ताक्षर गरेका छन ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेय, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ३८ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको