२३ असार २०८३, मंगलबार | July 7, 2026

कवाडमा दोहोरो कर विरुद्ध रुपन्देहीको सिद्धार्थनगरका व्यवसायी आन्दोलित



बुटवल । रुपन्देहीको सिद्धार्थ नगरपालिकामा आजदेखि कवाड संकलन बन्द भएको छ । यस क्षेत्रमा संलग्न व्यवसायीहरुले सिद्धार्थ नगरपालिकाबाट दोहोरो, तेहेरो कर अशुली गरिएको भन्दै विरोध स्वरुप काम बन्द गर्ने भएका हुन् ।

नेपाल पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघ, रुपन्देहीले नगरपालिकाले लगाएको दोहोरो कर प्रणाली फिर्ता लिन आग्रह गरेको छ । व्यवसायीसँग कुनै छलफल र परामर्श नगरी टेन्डरमार्फत नगरपालिकाले एकलौटी ढंगबाट लगाएको कर आफूहरूले तिर्न नसक्ने उनीहरुले बताएका छन् । व्यवसायीहरुले बुटवलमा पत्रकार सम्मेलन गरी दोहोरा कर प्रणाली खारेज गर्न माग गर्दै विभिन्न चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्  । संघका अध्यक्ष भगवती जैसवालले नगरपालिकाले करमाथि कर थप्ने नीतिले व्यवसायीहरुले विस्थापित हुने अवस्था आएको बताए ।

नगरपालिकाले व्यवसायीसँग थप कर अशुल्ने गरी एनएस इन्टरप्राइजेज, ओमसतियासँग यहीँ माघ १९ गते सम्झौता गरेको छ । ‘एउटा व्यवसायीले नगरपालिकालाई वार्षिक २४ हजार कर तिछौं’ जैसवालले भने, ‘अब प्रत्येक रिसाइक्लिलिन सामान विक्री गर्दा फेरि टेन्डर लिएकालाई कर तिर्नुपर्ने व्यवस्था बनायो । यो हामीलाई स्वीकार्य छैन ।’
सिद्धार्थनगरमा पुन प्रयोग योग्य वस्तु व्यवसायीहरु १५ जना रहेका छन् । अध्यक्ष जैसवालले थपे, ‘नगरपालिकालाई वार्षिक करसँग अब एउटा सिसि/बोतल विक्री गर्दा फेरि ७५ पैसा तिनुपर्छ । जुन अहिले बोतल नै छैन ।’

करको विरोध स्वरुप माघ २७ गते व्यवसायीहरुले नगरपालिका घेराउ कार्यक्रम राखेका छन् । त्यस्तै बिहीबारदेखि कवार्ड संकलन र किनबेच पनि बन्द गरेका हुन्। आफूहरुको मागको सुनुवाई नभए अर्को चरणको आन्दोलनमा जानुपर्ने अवस्था आउने व्यवसायीहरुको भनाइ छ ।

नगरपालिकाले कुनै निजी कम्पनिसँग सम्झौता गरि उसैको निर्देशन अनुसार सरकारलाई तिर्ने बाहेक छुट्टै थप भ्याटबिल निर्माण गरि सम्पूर्ण कारोबारको हिसाब रुजु गराउनु पर्ने तथा जुनसुकै बेला उक्त निजी कम्पनीले खानतलमसी समेत गर्न मिल्नेगरी सम्झौता गर्दा आफूहरु त्रासमा रहेको व्वसायीको गुनासो छ ।

नगरपालिकाले ठेकेदारसँग गरेको सम्झौताको बुँदा नम्बर ६ मा ‘सिद्धार्थनगर नगरक्षेत्रमा रहेका कवाड सामग्रीको कारोबार गर्ने व्यवसायिक फर्म वा संस्थाहरुले खरिद बिक्री गरेको मालसामानको यकिन गरि कर संकलन गर्ने कार्य दोश्रो पक्षमा निहित रहनेछ । सो कार्यका लागि सम्बन्धीत व्यावसायिक फर्म वा संस्थाको खरिद बिकी खाता सहित कारोबार जाँच गरि कबाडी कर संकलन गर्न सक्नेछ ।’ उल्लेख छ । उक्त व्यवस्थामा व्यवसायीहरुको मुख्य असहमती रहेको छ ।

यसैगरी बुँदा नम्बर ७ मा उल्लेख गरिएको ‘कबाड सामग्री बोकेको सवारी साधनलाई कबाड कर बुझाएको कर रसिद वा निस्सा रहे नरहेको चेकजाँच गर्ने कार्य दोश्रो पक्षको हुनेछ ।’ भन्ने व्यवस्था तथा बुँदा नम्बर  ८ मा रहेको ‘सिद्धार्थनगर नगरक्षेत्रमा रहेको व्यावसायिक फर्म वा संस्थाले अनिवार्य रुपमा कबाड खरिद गरेको बिल र कबाड तिरेको रसिद दोश्रोपक्षलाई देखाउनु पर्नेछ । यस्तो बिल र कर, रसिद सम्बन्धित फर्म वा संस्थाको नामको हुनु पर्नेछ । बिल र रसिद नभएको सामग्रीमा दोश्रोपक्षले कर संकलन गर्न पाउने छ ।’ भन्ने सम्झौता व्वसायीको हित बिपरित भएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ५६ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज