२३ असार २०८३, मंगलबार | July 7, 2026

कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग



बुटवल । पुनःप्रयोग योग्य वस्तु व्यवसायी संघमा आवद्व व्यवसायीले कर छुट गर्न सरकारसंग माग गरेका छन् ।

घरघरमा खेर गएका समान तथा वस्तुहरु संकलन गरेर उद्योगहरुलाई कच्चा पदार्थ पुराउने व्यवसायीलाई तिनै तहका सरकारले करमा छुट दिनुपर्ने बताए । नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित पद हस्तान्त्रण तथा सफथ ग्रहण कार्यक्रममा बोल्ने व्यवसायीले सरकारसंग कर छुटको माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भगवती जैशवालले सरकारले कर छुट गरेर पुनः प्रयोग वस्तु व्यवसायीका व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग गरेका छन् ।

कचडा समानहरु खरिद गरी व्यवसाय सञ्चालन गरेको बताउंदै जग्गाको अभावले व्यवसाय संकटमा परेको गुनासो गरे ।

कचडा तथा कवाड समानहरु संकलन गरी गुजरा चलाउने व्यवसायीका पसलहरुमा वडा कार्यालयहरुले ताला लगाइदिने काम गरेको गुनासो गर्दै यस्तो ज्यादती नगर्न स्थानीय सरकारहरुलाई आग्रह गरे ।

उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालकाका मेयर खेलराज पाण्डेले सबै पेशा व्यवसायलाई सहज हुनेगरी उपमहानगरपालिकाले समान रुपमा सहयोग गर्ने प्रतिवद्वता जनाए ।

बैज्ञानिक रुपमा करको दायरा कायम गर्ने बताउंदै व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने मेयर पाण्डेले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ पंगेनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, गौरीशंकर गुप्ता, जवरलाल जैसवाल लगायतले बोल्दै तीनै तहका सरकारलाई व्यवसायीका हितमा काम गर्न आग्रह गरे ।

नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : ४० बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज