७ आश्विन २०८३, बुधबार | September 23, 2026

भक्तपुरका दुई छुटाछुटै स्थानमा दुर्घटनामा परी दुईजनाको मृत्यु



भक्तपुर। भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ ।

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं। ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं।१५÷२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक काठमाडौ शंखरापुर नगरपालिका वडा नं। ५ पालुवारी बस्ने बर्ष ४० को शंखर भोलोन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाण्डौ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मृतकको लाश पोष्टमार्टमको लागी भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उता, जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं। ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ८९१२ नं। को बसलाई सोही दिशाबाट आउदै गरेको बा ९९ प ३४८५ नं। को स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाँउपालिका वडा नं। ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। २ झौखेल बस्ने बर्ष ३९ की ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई दुबै सवारी साधन र बस चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं। २ ईताछे बस्ने बर्ष ४१ को दयाराम देशेमरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ०८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज