५ भदौ २०८३, शुक्रबार | August 21, 2026

टर्की भूकम्प : १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार



काठमाडौं । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए ।

खोज र उद्धार टोली साथै सैन्य कर्मचारी र रोमानियाली खोज र उद्धार टोलीका सदस्यहरूले ती व्यक्तिलाई जिउँदै बचाउन पाँच घण्टासम्म मेहनत गरेका थिए ।

सोमबारको भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या आइतबार बिहानसम्म २८ हजार १९२ पुगेको छ ।

भुकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निमार्ण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निमार्ण ठेकेदारहरु यति तिब्र गतिमा पक्राउ परिरहेका छन, मानौं, टर्की सरकारले भुकम्पपीडितको उद्धार र राहातमा भन्दा पक्राउमा ध्यान दिईरहेका छन् ।

गत सोमवार गएको ७.८ रेक्टरको भुकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजार भन्दा माथी पुगिसकेको छ, त्यसमाथी हिमपात र बर्षाको कारण उद्धार र राहातमा उद्धारकर्मीहरुलाई बाधा पुगिरहेको छ ।

 

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : १२ बजे

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक