१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा म्युजिक कन्सर्ट गरिँदै



बुटवल । एच.आई.भि. एड्सको न्यूनिकरण र कण्डमको प्रचारप्रसार स्वरुप बुटवलमा म्युजिक लाइभ कन्सर्ट गर्न लागिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा सोमबार साँझ बुटवलमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

एड्स हेल्थ फाउण्डेसनको सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले जानकारी दिए ।

कण्डमको विषयमा जनचेतना जगाउन साँझ ४ देखि ८ बजेसम्म सञ्चालन गरिने कन्सर्टमा साउण्ड वेभ व्याण्ड, व्लु डायमण्ड सोसाईटि, न्यू सत्यसाई कला केन्द्र लगायतको प्रस्तुती रहने छ । त्यस्तै एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन गरिने छ भने कण्डम वितरण र कण्डम सम्बन्धि विभिन्न खेलहरु खेलाईने एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए ।

उनका अनुसार नेपालमा प्रत्येक दिन नयाँ दुई जनामा एचआईभि संक्रमण हुन्छ । त्यस्तै सन् २०२१ को अन्तसम्ममा नेपालमा ३० हजार व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान गरिएको छ । त्यसमध्ये २३ हजार ७३५ जना पहिचान गरिएको छ ।

सन् २०२१ मा ६८० जना नयाँ व्यक्तिमा संक्रमण भएको अनुमान गरिएको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो । सन् २००० मा ४ हजार ३७० नयाँ व्यक्तिमा संक्रमण अनुमान गरिएको थियो । सन् २०२१ को अन्तसम्ममा विश्वमा ३ करोज ८४ लाख व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जनाले नियमित औषधि सेवन गर्दछन् । त्यसमध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी १ हजार ४७० र सबैभन्दा कम रोल्पामा ४४ जना छन् । त्यस्तै २०७८/०७९ मा लुम्बिनी प्रदेशमा ९८ हजार ४७६ जना गर्भवती महिलामा गरिएको परीक्षणमा एचआईभि संक्रमण भेटिएको थियो ।

एचआईभि एड्सको न्यूनिकरण गर्दै शुल्यमा झार्नको लागि असुरक्षित यौन सम्पर्क नहोस भन्ने उद्देश्यले कण्डमको पवद्र्धनात्मक अभियान स्वरुप कन्सर्ट गर्न लागिएको भट्टराईले बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ४३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले