१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा म्युजिक कन्सर्ट गरिँदै



बुटवल । एच.आई.भि. एड्सको न्यूनिकरण र कण्डमको प्रचारप्रसार स्वरुप बुटवलमा म्युजिक लाइभ कन्सर्ट गर्न लागिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा सोमबार साँझ बुटवलमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

एड्स हेल्थ फाउण्डेसनको सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले जानकारी दिए ।

कण्डमको विषयमा जनचेतना जगाउन साँझ ४ देखि ८ बजेसम्म सञ्चालन गरिने कन्सर्टमा साउण्ड वेभ व्याण्ड, व्लु डायमण्ड सोसाईटि, न्यू सत्यसाई कला केन्द्र लगायतको प्रस्तुती रहने छ । त्यस्तै एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन गरिने छ भने कण्डम वितरण र कण्डम सम्बन्धि विभिन्न खेलहरु खेलाईने एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए ।

उनका अनुसार नेपालमा प्रत्येक दिन नयाँ दुई जनामा एचआईभि संक्रमण हुन्छ । त्यस्तै सन् २०२१ को अन्तसम्ममा नेपालमा ३० हजार व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान गरिएको छ । त्यसमध्ये २३ हजार ७३५ जना पहिचान गरिएको छ ।

सन् २०२१ मा ६८० जना नयाँ व्यक्तिमा संक्रमण भएको अनुमान गरिएको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो । सन् २००० मा ४ हजार ३७० नयाँ व्यक्तिमा संक्रमण अनुमान गरिएको थियो । सन् २०२१ को अन्तसम्ममा विश्वमा ३ करोज ८४ लाख व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जनाले नियमित औषधि सेवन गर्दछन् । त्यसमध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी १ हजार ४७० र सबैभन्दा कम रोल्पामा ४४ जना छन् । त्यस्तै २०७८/०७९ मा लुम्बिनी प्रदेशमा ९८ हजार ४७६ जना गर्भवती महिलामा गरिएको परीक्षणमा एचआईभि संक्रमण भेटिएको थियो ।

एचआईभि एड्सको न्यूनिकरण गर्दै शुल्यमा झार्नको लागि असुरक्षित यौन सम्पर्क नहोस भन्ने उद्देश्यले कण्डमको पवद्र्धनात्मक अभियान स्वरुप कन्सर्ट गर्न लागिएको भट्टराईले बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ४३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो