१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

ठेकेदार कम्पनीको लापरबाहीले सेजमा निर्माणाधीन भवनको ढलान खस्यो



बारा । करोडौको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो ।

ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका उनीहरुको अवस्था सामान्य छ । तर, घटनामा ठेकेदार कम्पनीको लापररबाही देखिएको छ ।

सेजमा कार्यरत प्राविधिकका अनुसार ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना हो । प्रदर्शनी भवनको ढलान आफैमा चुनौतीपूर्ण रहेको अवस्थामा ठेकेदार कम्पनीले बलियो टेका लगाउनेतर्फ ध्यान नदिएको सेजका प्राविधिक बताउछन् ।

उक्त भवन निर्माणको जिम्मा काठमाण्डौको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो । सेजको ए ब्लकमा निर्धाणाधिन उक्त प्रदर्शनी भवनसहित चमेना गृह, दुई वटा प्रवेशद्धार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो ।

एक वर्षअघि ठेक्का सकारेर काम सुरु गरेको उक्त कम्पनीले प्रदर्शनी भवनको ढलान कार्य आइतवार सुरु गरेको थियो । पहिलो दिनमा ढलान कार्य सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीले सोमबार बिहानदेखि काम सुरु गरेको थियो ।

करिब २६र४५ मिटरको उक्त प्रदर्शनी भवनको ढलान भत्किएपछि सेजले विज्ञ टोली गठन गर्ने भएको छ । सेजका इन्जिनियर अजय चौधरीले घटनाको विषयमा केन्द्रलाई जानकारी गराएको र केन्द्रबाट विज्ञ टोली छानविनका लागी आउने बताए ।

चौधरीले ठुलो प्रदर्शनी हलको ढलान गर्दा अपनाउनुपर्ने सावधानी ठेकेदार कम्पनीले नअपनाएका कारण घटना भएको बताए । उनले क्षतीको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १२ : १४ बजे

जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री

देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार हिराबहादुर

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय