४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका सचिव क्वात्राले मंगलबार उप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुईदेशबीच भएका सन्धि सम्झौता, नेपालको आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।

भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय उठाएका विदेशसचिव क्वात्राले नेपालको रेल्वे विकासमा नेपालकै जनशक्तिलाई दक्ष बनाउनुपर्ने बताए ।

विदेशसचिव क्वात्राले अरुण तेस्रो आयोजनाको एक्सेस रोड निर्माणसम्बन्धमा राखेको चासोप्रति उपप्रधानमन्त्री श्रेष्ठले यस कार्यलाई नेपालले चाँडै अगाडि बढाउने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : २३ बजे

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति