११ असार २०८३, बिहिबार | June 25, 2026

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका सचिव क्वात्राले मंगलबार उप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुईदेशबीच भएका सन्धि सम्झौता, नेपालको आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।

भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय उठाएका विदेशसचिव क्वात्राले नेपालको रेल्वे विकासमा नेपालकै जनशक्तिलाई दक्ष बनाउनुपर्ने बताए ।

विदेशसचिव क्वात्राले अरुण तेस्रो आयोजनाको एक्सेस रोड निर्माणसम्बन्धमा राखेको चासोप्रति उपप्रधानमन्त्री श्रेष्ठले यस कार्यलाई नेपालले चाँडै अगाडि बढाउने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : २३ बजे

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय