११ भदौ २०८३, बिहिबार | August 27, 2026

पूर्वगृहमन्त्री खाँणसँग भारतीय विदेश सचिव क्वात्राको भेट



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ ।

त्यस्तै कांग्रेस नेतासमेत रहेका खाँणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए ।

त्यस्तै पूर्वगृहमन्त्री खाँणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्ने विषयमा पनि क्वात्रासँग छलफल गरेका छन् ।

थप हवाइ रुट दिन पहल गरिदिन खाँणले क्वात्रासँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : ३५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि