१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

महाशिवरात्रिमा पशुपतिमा शङ्कराचार्यको विशेष कार्यक्रम



काठमाडौं । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार आगमन हुने भएको छ । उहाँको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । दैनिक सत्सङ्ग, प्रश्नोत्तरी कार्यक्रम तथा शङ्कराचार्यबाट आशीर्वचन हुने कार्यक्रम तय भएको विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

कोषका निमित्त प्रमुख रेवतीरमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ । यस वर्ष पशुपतिनाथको १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ३२ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र