५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सानिमा बैंकले सुरु गर्यो अपाङ्गमैत्री वेवसाइट



काठमाडौं । सानिमा बैंकले नेपालकै बैंकिङ क्षेत्रमा अपाङ्गमैत्री वेवसाइट सुरु गरेको छ ।

वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि यो वेवसाइट उपयोगी हुने बैंकले जनाएको छ । वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पु-याउने प्रयास गरेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

अपाङ्गमैत्री सेवा प्रयोग गर्नका लागि बैंकको वेभसाइट  https://www.sanimabank.com/df  मा गई दायाँ कुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्नुपर्छ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ ।

अन्य अपाङ्गता मैत्रीे सेवासुविधाहरु थपविस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकले लक्ष्य लिएको जनाएको छ ।

सानिमा बैंकले सातै प्रदेशबाट७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवाप्रदानगर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : १२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान