४ श्रावण २०८३, सोमबार | July 20, 2026

सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सीजी सिमेन्टमा लगानी



काठमाडौं । सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा थुप्रै बाणिज्य बैंकहरुले सीजी सिमेन्टमा लगानी गरेका छन् ।

सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पाको क्लिङकराइजेसन प्लान्सको क्षमता १९५० टिपीडीबाट २९५० टिपीडीमा विस्तार गर्न आवश्यक पुरक सहवित्तीयकरण सम्झौता भएको हो ।

सम्झौतापत्रमा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, र नेपालएसबिआई बैंक समेतको सहभागितामा यसअघि २०७४ पुषमा कर्जा सम्र्झाता भएको थियो ।

त्यतिबेला सहभागी बैंकहरु बीच २ अर्ब ३७ करोड ८० लाख गरी कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न मिति २०७४ पौष ७ मा सहवित्तीयकरण सम्झौता भएको थियो ।

सहवित्तीयकरण सम्झौता समारोहमा अगुवा बैकको तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सोही बैंकका नायबप्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे सहभागी थिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : ४० बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री