२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

भक्तपुरमा अन्तरनगर पुरुष खो खो हुने



भक्तपुर । नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म हुने जानकारी दिइएकाे हाे ।

नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको जनाए । यो वर्ष अन्तर नगर खो खो प्रतियोगिता हुने उनले जनाए । प्रतियोगिताका लागि यसअघि नै प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका थिए ।

नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त खो खो प्रतियोगिता आजसम्म विभिन्न १४ वटा नगरपालिकाहरूबाट लिखित र मौखिक रुपमा भाग लिन नाम दर्ता गराइसकेको जानकारी सम्मेलनमा गराइयो । नाम दर्ताको अन्तिम समय भने आज साँंझ ५ बजेसम्म रहने जनाइएको छ ।

अन्तरनगर खो खो प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गरेको जनाइएको छ । खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै नभएको र भक्तपुर नगरपालिकाले प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको जनाएको छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १० : ५९ बजे

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य