५ पुस २०८२, शनिबार | December 20, 2025

भक्तपुरमा अन्तरनगर पुरुष खो खो हुने



भक्तपुर । नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म हुने जानकारी दिइएकाे हाे ।

नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको जनाए । यो वर्ष अन्तर नगर खो खो प्रतियोगिता हुने उनले जनाए । प्रतियोगिताका लागि यसअघि नै प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका थिए ।

नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त खो खो प्रतियोगिता आजसम्म विभिन्न १४ वटा नगरपालिकाहरूबाट लिखित र मौखिक रुपमा भाग लिन नाम दर्ता गराइसकेको जानकारी सम्मेलनमा गराइयो । नाम दर्ताको अन्तिम समय भने आज साँंझ ५ बजेसम्म रहने जनाइएको छ ।

अन्तरनगर खो खो प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गरेको जनाइएको छ । खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै नभएको र भक्तपुर नगरपालिकाले प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको जनाएको छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १० : ५९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन