१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

२०१७ सालमा खुलेको रामपुर आयुर्वेद अस्पतालले ६२ वर्ष पछि पायो नयाँ भवन



पाल्पा । रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी बिकास तथा भवन निर्माण विभाग , संघीय आयोजना कार्यालय ईकाइ रुपन्देहीद्धारा विनियोजित बजेटमा निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न १५ शैया भवनको बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

निर्माण सम्पन्न भवन संघीय आयोजना कार्यालय ईकाई रुपन्देहीका प्रमुख विदुर खड्काले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले निर्माण सम्पन्न भई प्राप्त गर्नु मात्रै उपलब्धी नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानिय तहको उपलब्धि हुने बताए । उनले स्थानीय तहले प्राप्त गरेको आयुर्वेद अस्पताल भवनको सही व्यवस्थापन गर्न सके मात्रै निर्माण गर्नु र प्राप्त गर्नुको उपलब्धि हुने उल्लेख गरे ।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आयुर्वेद अस्पतालबाट आयुर्वेदिक र आधुनिक पद्धतिबाट सेवा प्रदान गर्न सके देश कै नमुना आयुर्वेदिक औषधालय बन्ने बताए । उनले लुम्बिनी प्रदेश कै उत्कृष्ट भौतिक संरचना बनेको भन्दै यसको संचालनका लागि स्थानीय तहले मात्रै संचालन गर्ने सम्भावना न्यून रहेको उल्लेख गरे । उनले संचालनका लागि स्थानीय तह बाहेकका तहबाट कुनै व्यवस्था भए मात्र संचालन सम्भव रहेको बताए ।

संघीय आयोजना कार्यालय ईकाई रुपन्देहीका प्रमुख विदुर खड्काले आयुर्वेद पद्धतिको उपचार सेवालाई प्रसय दिनु पर्छ भन्ने उद्देश्यले रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण गरेको बताउँदै भवनको सही सदुपयोग गर्न आग्रह गरे ।

रामपुर आयुर्वेद अस्पतालको आवश्यकता र बस्तुस्थिती बारे जानकारी गराँउदै रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले तिनै तहको सरकार बीच समन्वय गरेर यसको संचालन र व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । आयुर्वेद उपचार पद्धति प्रति मानिसको जनविश्वास बढि रहेको र यसको प्रभावकारीता पनि बढि भएकोले यसको संचालनमा निरन्तरता दिई गुणस्तरिय सेवाका लागि पहल गर्न आवश्यक रहेको उनले बताए ।

नवनिर्मित भवन ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले भौतिक संरचना प्राप्त गर्नु गौरवको कुरा भएको भन्दै यस संगै चुनौती थपिएको बताए । सुविधा सम्पन्न भवन प्राप्त भए पनि यसको व्यवस्थापन ,संरक्षण र संचालनमा चुनौती रहेको उनले उल्लेख गरे । नगरपालिका भित्र प्रसस्त आम्दानीको आन्तरिक स्रोतको अभावले संचालन गर्न नसकिने अवस्थामा रहको स्पष्ट पार्दै उनले प्रक्रिया अनुसार १५ शैया बाट २५ शैयामा स्तर बृद्धि गरि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने एउटा विकल्प समेत प्रस्तुत गरे । संघीय र प्रदेश सरकारबाट आवश्यक कर्मचारीको दरबन्दि र बजेट उपलब्ध गराए मात्र केही बजेट नगरपालिकाले विनियोजन गरेर संचालन गर्न सकिने नगर प्रमुख थापाले बताए ।

भवनको शिवशक्ती कन्स्ट्रक्सन कम्पनी प्रालीले ११ करोड ३३ लाख ४९ हजार ९३ रुपैयाँ ७६ पैसा बराबरको बजेटमा निर्माण सम्पन्न गरेको हो । कम्पनीले करिब ३ बर्षको समयावधीमा किचन , ट्वाइलेट , योगा हल , अपरेशन कक्ष ,एक्सरे कक्ष , मिटिङ हल , ल्याब कक्ष , लगाएतका कक्ष गरि ६८ कोठा रहेको ३ तले भवन निर्माण सम्पन्न भएको छ ।

विं.सं. २०१७ सालमा तत्काल राजा महेन्द्रले रामपुर आयुर्वेद औषधालयको रुपमा स्थापना भएको औषधालय २०२९ सालमा लुम्बिनी अञ्चल औषधालयको रुपमा संचालनमा आएको थियो । २०४३ सालबाट राज्यको निति अनुसार फेरी रामपुर आयुर्वेद औषधालयको रुपमा संचालनमा रहँदै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ८ : ३६ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा