६ पुस २०८२, आइतबार | December 22, 2025

फिटनेश हबको दोस्रो शाखा तिलोत्तमाको शान्ति चोकमा



बुटवल । तिलोत्तमा नगरपालिका ३ शान्ति चोकमा फिटनेश हबले दोस्रो शाखा शुभारम्भ हुर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरि नँया शाखाको उद्घाटन तयारी पुरा भएको संचालक लोकेस थापाले जानकारी दिए । बुटवल कालिकानगरमा पहिलो शाखा ३ वर्ष पूरा भएसंगै दोस्रो शाखा आईतबारबाट शुभारम्भ हुने उनले जानकारी दिए ।

नेत्र बहादुर थापाको नेतृत्वमा पहिलो शाखा कालिकानगरमा लोकेस थापा, बिनोद थापा, पुरन कार्की मिलेर संचालन गरेका थिए । करिब डेढ करोड लगानीमा ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा पुर्वाधार तयार गरिएको छ । खेलप्रेमीहरु लोकेस थापा, बिनोद थापा, नेत्र थापा, पुरन कार्की, विशाल थापा र आकाश शाह, सुनिल ज्ञवालीको टिमको लगानीमा रहेको छ ।

पहिलो शाखामा कार्डियो विशेष थियो भने नँया शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका ब्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जिममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए ।

जिम हाउसको ७० जनाले एक्ससाइज गर्न सक्ने क्षमता रहेको उनले बताए । गृहिणी महिलासंगै अफिस काममा ब्यस्त हुनेहरुलाई लक्षित गरि थोरै समय निकालेर ब्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  २ : २४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको