मुम्बई । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । भारतको मुम्बई स्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा. भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् ।
भण्डारीसँगै मुम्बई पुगेका कांग्रेस नेता योगराज कंडेलका अनुसार डा. भण्डारीका सबै प्यारामिटरहरु नमर्ल रहेको छ । आज बिहान अस्पतालले गराएको जानकारीमा अस्पतालका चिकित्सक धनन्जयले भण्डारीको सर्व प्यारामिटर नर्मल रहेको जानकारी दिएको कंडेलले जनाएका छन् ।
पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्दै दास्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने डा. मुकेशले बताएको पनि कंडेलले जनाएका छन् । फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उनले बताए ।



















प्रतिक्रिया