१० असार २०८३, बुधबार | June 24, 2026

टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार



इसतानबुल । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् ।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ । टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् । तीमध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उनीहरुको नाम भने खुलेको छैन ।

गत फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढीको ज्यान लिएको सार्वजनिक भईसकेको छ । सो भुकम्पमा परी लाखौं व्यक्तिहरु सुरक्षित आवासविहीन हुन पुगेका छन ।

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन् । तर, पछिल्ला केही दिनमा उनीहरूको संख्या थोरैमा झरेको छ । चिसो मौसम र लामो समय भग्नावशेष हटाउन नसक्दा बाँकीलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बने पनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीव्रता दिइरहेका टर्कीका अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : ३१ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया