७ माघ २०८२, बुधबार | January 21, 2026

टर्की भुकम्प : १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार



इसतानबुल । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् ।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ । टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् । तीमध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उनीहरुको नाम भने खुलेको छैन ।

गत फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढीको ज्यान लिएको सार्वजनिक भईसकेको छ । सो भुकम्पमा परी लाखौं व्यक्तिहरु सुरक्षित आवासविहीन हुन पुगेका छन ।

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन् । तर, पछिल्ला केही दिनमा उनीहरूको संख्या थोरैमा झरेको छ । चिसो मौसम र लामो समय भग्नावशेष हटाउन नसक्दा बाँकीलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बने पनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीव्रता दिइरहेका टर्कीका अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : ३१ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा