४ पुस २०८२, शुक्रबार | December 20, 2025

बझाङमा क्वारेन्टिनमै एक युवाले गरे आत्महत्या



बझाङ । बझाङमा क्वारेन्टिनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् ।

बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा ७ मजखोरी माविमा बनाइएको क्वारेन्टिनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् ।

३ दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टिनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेको छबिस छबिसपाथिभेरा गाँउपालीका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिनुभयो ।

‘६ गतेदेखि उनी क्वारेन्टिनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिएको बताउनुभयो ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।

ति युवक बसेको क्वारेन्टिनमा अहिले ४ जना रहेका छन् । उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको