७ पुस २०८२, सोमबार | December 22, 2025

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति डा. यादव



जनकपुर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

“जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ”, उनले भने, “त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।”

सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उनले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राखे । “कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको ? त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिर्ने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ”, पूर्वराष्ट्रपति डा. यादवले भने ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामगोविन्द यादवले पनि सङ्घीयता चलाउने व्यक्तिको कमजोरीलाई देखाएर सिङ्गो व्यवस्थालाई नै गलत भन्नु अतिशयोक्ति हुने धारणा राखे । कार्यक्रममा प्रा डा. पशुपतिनाथ झाले नैतिकताविनाको लोकतन्त्र सधैँ सङ्कटमा पर्ने भन्दै सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीले विगतमा दलहरूले गरेको कमजोरीले पटक–पटक व्यवस्थामाथि सङ्कट आएकाले लोकतन्त्रको सुदृढीकरणका लागि सत्ता राजनीतिभन्दा माथि उठेर प्राप्त उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए । उनले अहिले दलहरूले गरिरहेका क्रियाकलापले पूर्वशासनाधिकारीलाई लाभ पुगिरहेकाले व्यवस्थालाई जोगाउनका लागि पनि सबै दल मिलेर अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : १३ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ