२५ असार २०८३, बिहिबार | July 9, 2026

फुसको छानो विस्थापित गर्ने अभियान



वीरगञ्ज । फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ ।

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुदाँ ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका एक हजार ४७ घरबाट फुसको छानोलाई विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो ।

विभिन्न चुनौतीहरूको बाबजुद रौतहटमा एक सय नौवटा, बारामा दुई ५४ र पर्सामा छ सय ८४ गरी एक हजार ४७ घरबाट फुसको छानो विस्थापित गरी जस्तापाताको छानो हालेर सुरक्षित आवास बनाइएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

यस्तै बारामा दुई ४३ वटा र पर्सामा तीन सय ४१ घरबाट फुसको छानो विस्थापित गर्ने कार्य अन्तिम चरणमा पुगेको र छिट्टै नै सम्पन्न गरी हस्तान्तरण गरिने प्रमुख थापाको भनाइ छ । उनका अनुसार रौतहटमा तीन हजार नौ सय ५७, बारामा तीन हजार चार सय २१ र पर्सामा तीन हजार आठ सय ५१ गरी ११ हजार दुई सय २९ घरबाट फुुसको छानो हटाउने स्वीकृत भएकामा हालसम्म रौतहटमा तीन हजार दुई सय २०, बारामा दुई हजार छ सय २२ र पर्सामा तीन हजार छ सय ४७ गरी नौ हजार चार सय ८९ आवासको सम्झौता भई काम भइरहेको छ ।

सम्झौता भएकामध्ये रौतहटमा दुई सय १५, बारामा एक हजार पाँच र पर्सामा एक हजार आठ सय १६ गरी तीन हजार ३६ वटा आवासका लागि पहिलो किस्ता निकासा दिएको प्रमुख थापाले बताए । बर्सेनि हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि जस्तापातासहितको सुरक्षित घर बनाउँदै आएको प्रमुख थापाको भनाइ छ ।

“प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्याइएको छ”, प्रमुख थापाले भन्नुभयो, “लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार निकास दिने व्यवस्था छ ।” सो कार्यक्रममा कुनै खास लक्षित वर्ग वा जात विशेषलाई नभई फुसको छानो भएका सबै परिवारलाई समेटिएको प्रमुख थापाको कथन छ ।

“तराई मधेसका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ”, रौतहटको गरुडाका श्याम साहले भने, “जसका कारण बर्सेनि आगलागीको घटना हुने गरेका छन्, त्यसैले फुसको छानो हटाउनु जरुरी छ ।” फुसको छानो हटाउन सकिए बर्सेनि हुने आगलागीको घटनामा कमी आउने उनले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ५० बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको