३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

राष्ट्रपति निर्वाचनमा ८८१ मतदाताले मतदान गर्ने



काठमाडौं । आगामी २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनमा ८८१ मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले तयार गरेको पछिल्लो मतदाता नामावलीमा ८८१ जनाको नाम समावेश गरिएको छ ।

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउने व्यवस्था रहेपनि यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने आँकलन गरिएको छ । यद्देपी आयोगले त्यसबारे बुधबार मात्र निर्णय गर्ने बताइएको छ ।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने सर्वोच्चको आदेशमा पदमुक्त छन् भने मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदानमा सहभागी हुन पाउने छैनन् । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले समेत निर्वाचन अघि प्रतिनिधिसभा नियमावली पारित भएमा मतदान गर्न पाउने छैनन् ।

प्रस्तावित नयाँ नियमावलीमा कैद भुक्तान गर्नुपर्ने भनी अदालतबाट फैसला भएको र फरार रहेका सांसद निलम्बनमा पर्ने व्यवस्था रहेको छ ।

आयोगले प्रकाशन गरेको राष्ट्रपति निर्वाचन तालिका अनुसार भोली (बुधबार) मतदाता नामावली प्रकाशन गर्नेछ । नामावली प्रकाशन लगत्तै देखि दाबी, विरोध र उजुरी लिने काम हुने छ भने उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुने आयोगको सूचनामा उल्लेख छ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्नेगरि आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । २५ गते निर्वाचन हुनेछ ।

आयोगका अनुसार राष्ट्रपतिको निर्वाचन बानेश्वरस्थित संघीय संसद भवनमा हुनेछ । राष्ट्रपति निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ११ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र