७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपति निर्वाचनमा ८८१ मतदाताले मतदान गर्ने



काठमाडौं । आगामी २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनमा ८८१ मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले तयार गरेको पछिल्लो मतदाता नामावलीमा ८८१ जनाको नाम समावेश गरिएको छ ।

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउने व्यवस्था रहेपनि यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने आँकलन गरिएको छ । यद्देपी आयोगले त्यसबारे बुधबार मात्र निर्णय गर्ने बताइएको छ ।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने सर्वोच्चको आदेशमा पदमुक्त छन् भने मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदानमा सहभागी हुन पाउने छैनन् । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले समेत निर्वाचन अघि प्रतिनिधिसभा नियमावली पारित भएमा मतदान गर्न पाउने छैनन् ।

प्रस्तावित नयाँ नियमावलीमा कैद भुक्तान गर्नुपर्ने भनी अदालतबाट फैसला भएको र फरार रहेका सांसद निलम्बनमा पर्ने व्यवस्था रहेको छ ।

आयोगले प्रकाशन गरेको राष्ट्रपति निर्वाचन तालिका अनुसार भोली (बुधबार) मतदाता नामावली प्रकाशन गर्नेछ । नामावली प्रकाशन लगत्तै देखि दाबी, विरोध र उजुरी लिने काम हुने छ भने उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुने आयोगको सूचनामा उल्लेख छ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्नेगरि आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । २५ गते निर्वाचन हुनेछ ।

आयोगका अनुसार राष्ट्रपतिको निर्वाचन बानेश्वरस्थित संघीय संसद भवनमा हुनेछ । राष्ट्रपति निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ११ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ