१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सगरहवामा हुने मूर्तीकार्यशाला प्रभावकारी बनाउन विज्ञसँग छलफल



लुम्बिनी । आगामि फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरगहवामा गरिने कपिलबस्तु राष्ट्रिय मूर्तीकार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ । लुम्बिनी विकास कोषले प्रस्तर मूर्तीकार्यशालाका लागि सगरहवाको ऐतिहासिक र बुद्धजीवनीसँग जोडेर बिषयस्तुको छनौट गर्न विज्ञ समूहसँग छलफल गरेको हो ।

बुद्धजीवनसँग जोडेर सगरहवाको कथालाई प्रस्तर (ढुंगा) मा उजागर गर्ने गरि ‘थिम’ निर्माण गर्नुपर्ने विज्ञहरुको निष्र्कष छ । लुम्बिनी विकास कोषमा बसेको विज्ञ समूहको बैठकले मूर्ती निर्माणका लागि सगरहवाको थिम निर्माण गरि अन्य व्यवस्थापकीय कामहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।

मूर्तीकार छनौट गर्ने, मूर्ती कार्यशालाको स्थलका लागि पुरातात्व विभाग र स्थानीय सरकारसँग समन्वयन गर्ने, कार्यशालाको लोगो निर्माण गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।

यस्तै कार्यशालाको आवश्यक निर्णयका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यकारिणी सदस्य नरेशप्रसाद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, विज्ञ समितिका संयोजक पोमनारायण पौडेल, पर्यटन विकास परिषदका निर्देशक रामु जोशी र कोष तिलौराकोट प्रमुख माधव प्रसाद आचार्य सदस्य सचिव रहने गरि सचिवालय गठन गरेको छ ।

कपिलबस्तु नगरपालिका वडा न. ९ मा रहेको सहगरहवालाई केन्द्रमा राखेर प्रस्तर मूर्तीकार्यशाला हुने भएको हो । आगामि फागुन १५ गते सचिवालय बैठक बस्ने कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले बताए ।

बैठकमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहार, परिषद सदस्य गोपीकृष्ण शर्मा, विज्ञ समितिका संयोजक पोम नारायण पौडेल, डम्बर शर्मा, गुणाखर गैरे, चर्तुजुज पाण्डे, डा. गिरी पन्थी, युवराज केसी, विजय क्षेत्री, प्राज्ञ गोविन्द चौधरी, प्राज्ञ यम थापा, पत्रकार मनोज पौडेल, पत्रकार नरेस केसी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : १६ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली