३ पुस २०८२, बिहिबार | December 19, 2025

बदनियतपुर्वक काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ : गगन थापा



काठमाडौं। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियत पुर्वक काम गर्ने लघुवित्तहरुलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएको प्रति सरकारले ध्यान दिनु पर्नेमा पनि जोड गरेका छन ।

‘अति न्युन आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब उठनै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भने, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो।’ उनले अगाडि भने, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ४२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको