२७ असार २०८३, शनिबार | July 11, 2026

माधव नेपालको नाममा सहमति खोज्न तीन दलले कांग्रेस र एमालेसँग आज छलफल गर्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दै तीन दलले नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् ।

हिजो साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी नेपाल बिच भएको भद्र सहमति अनुसार भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन् ।

माओवादी संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको थियो, सोही सहमति अनुसार अन्य दलसँग सहमति खोज्नका लागि छलफल हुन लागेको नेताहरूले बताएका छन ।

‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपालजी पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डाका रूपमा अघि सार्ने बैठकमा छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, उनका अनुसार भावी नेपालको नाम प्रस्ताव गरेर कांग्रेस र एमालेसँग सहमति खोजिने भएको हो ।

नेकपा (एस)को बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिका लागि पार्टीको तर्फबाट उम्मेदवार दिने औपचारिक निर्णय गरिसकेको छ । नेकपा (एस)मात्रै यस्तो पार्टी हो, जसले भावी राष्ट्रपतिका लागि पहलकदमी गर्ने औपचारिक निर्णय गरेर बसेको छ । जसअनुसार नेकपा (एस)ले आफ्नो पार्टी (माधव नेपाल) को नाममा सहमति खोज्नका लागि हिजो साँझ नेकपा माओवादी र जसपाबीच छलफल गरेको हो ।

सो छलफल सकारात्मक भए पछि कांग्रेस र एमालेसँग छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ५५ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को