२७ असार २०८३, शनिबार | July 11, 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच भेटवार्ता

राष्ट्रपतिमा एमालेकोे उम्मेदवारी रहने ओलीको अडान कायम



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमालेसहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ ।

पूर्ववत् सहमतिअनुसार राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउन ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ढ भेट्न बालुवाटार जानु अघि संसदभवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका थिए ।

उनले एमालेको उम्मेदवार पक्का भइसकेको समेत बताएका थिए ।

राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भने, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ३ : ०९ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को