३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच भेटवार्ता

राष्ट्रपतिमा एमालेकोे उम्मेदवारी रहने ओलीको अडान कायम



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमालेसहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ ।

पूर्ववत् सहमतिअनुसार राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउन ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ढ भेट्न बालुवाटार जानु अघि संसदभवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका थिए ।

उनले एमालेको उम्मेदवार पक्का भइसकेको समेत बताएका थिए ।

राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भने, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ३ : ०९ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित