२७ असार २०८३, शनिबार | July 11, 2026

सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै



काठमाडौं । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपद्धि आदेश आउने बताइएको छ ।

सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताए । तर,  प्रक्रियालाई हामीले छाड्न नमिल्ने उनको भनाइ छ ।

लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : ५१ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को