१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड आजदेखी दैनिक आठ घण्टा बन्द



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड आजदेखी दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड आजदेखी दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्ये रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजे देखि २ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

यस्तै रातिको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने निर्णय भएको छ । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरउन्नति गरेर मात्र काम गर्न दिने निर्णय भएको प्रजिअ पन्तले बताए ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा प्राप्त गरेको कम्पनीले तत्काल स्तरउन्नती गर्ने सहमति भएको जनाएको छ । अहिलेसम्म सुरुङमार्ग निर्माणको जिम्मेवारी प्राप्त निर्माण कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ ।

विभागले डिपिआर स्विकृत नगरिसकेकोले अहिले पूर्व तयारीको काम भैरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

निर्माण हुने मुख्य सुरुङमार्गको दूरी एक हजार एक सय २६ मिटरको रहने सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ५३ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति