४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड आजदेखी दैनिक आठ घण्टा बन्द



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड आजदेखी दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड आजदेखी दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्ये रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजे देखि २ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

यस्तै रातिको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने निर्णय भएको छ । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरउन्नति गरेर मात्र काम गर्न दिने निर्णय भएको प्रजिअ पन्तले बताए ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा प्राप्त गरेको कम्पनीले तत्काल स्तरउन्नती गर्ने सहमति भएको जनाएको छ । अहिलेसम्म सुरुङमार्ग निर्माणको जिम्मेवारी प्राप्त निर्माण कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ ।

विभागले डिपिआर स्विकृत नगरिसकेकोले अहिले पूर्व तयारीको काम भैरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

निर्माण हुने मुख्य सुरुङमार्गको दूरी एक हजार एक सय २६ मिटरको रहने सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ५३ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म