३ आश्विन २०८३, शनिबार | September 19, 2026

‘द कफी हब’ ले मगर दिवसमा साँस्कृतिक कार्यक्रम गर्ने



बुटवल । रुपन्देहीको तिलोत्तमा-३ योगीकुटी, शान्तिचोकमा ‘द कफी हब’ ले मगर दिवस फागुन १५ को अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । मगर संस्कृति झल्किने विभिन्न साँस्कृतिक गीत तथा नृत्यसहित फागुन १५ मा कार्यक्रमको तयारी पूरा भएको प्रबन्ध निर्देशक तिरास लामटाङ्गेले जानकारी दिए ।

यस क्षेत्रका कफी पारखीहरुलाई लक्षित गरी सञ्चालनमा आएको कफी हबले मगदर दिवसको दिन दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म सास्कृतिक कार्यक्रम गर्ने भएको हो । कफि हबको प्राङ्गणमा हुने साँस्कृतिक कार्यक्रममा सेलरोटी, बारा तथा गोर्खाली अचारसहित कफिका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए ।

मगर संस्कृति तथा परम्परा बारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको निर्देशक लामटाङ्गेले बताए । यसका साथै अन्य पर्व तथा दिवसहरुमा समेत फरक-फरक गतिविधि सञ्चालन गर्ने योजनामा रहेको उनले बताए । फागुन २३ गते परेको फागु पूर्णिमाको अवसरमा लाइभ कन्सर्टको आयोजना गर्ने तयारी समेत भएको उनले जानकारी गराए ।

कफी हबमा विभिन्न किसिमका कफीहरु लगाएत केक, बेकरी र कन्फेक्सनरीका परिकारहरु उपलब्ध रहेका छन् । लामटाङ्गे एक दशक बढी समयदेखि हस्पिटलिटिका क्षेत्रमा आवद्ध छन् । चाइना र हङ्गकङ्गबाट होटल म्यानेजमेण्ट अध्ययन गरेका उनले नेपालका प्रतिष्ठित सोल्टी क्राउन, रेडिशन लगाएतका होटलहरुमा काम गरेको अनुभव छ भने बुटवलका विभिन्न प्रतिष्ठित कलेजहरुमा अध्यापन गराएको अनुभव समेत रहेको छ ।

दुई वर्ष अघि करिब ३५ लाख लगानी सुरु गरिएको कफी हबले सेवा विस्तार गर्दै छिट्टै ब्राञ्च स्थापनाको तयारीमा समेत रहेको निर्देशक लामटाङ्गेले बताए । हस्पिटालिटी कक्षा समेत सञ्चालन गर्दै आएको कफी हबले स्थापनाको छोटो समयमै ३ सय बढी विद्यार्थीलाई तालिम प्रदान गरेको छ ।

बेकरी तथा वारिष्ठा तालिम सञ्चालन गर्दै आएको कफी हबबाट सीप सिकेर विद्यार्थीहरु विदेशमा समेत जाने गरेका छन् । मुख्यगरी माल्दिभ्स, दुबै तथा इथोपियाका लागि सिधै रोजगारदाता कम्पनीसँग सम्पर्क गराई सीप सिकेकाहरुलाई काममा पठाउने गरिएको निर्देशक लामटाङ्गेले बताए । सीप सिक्न आउने गरिब तथा विपन्न वर्गकालाई निःशुल्क रुपमा समेत अध्यापन गराइएको उनले बताए ।

पछिल्लो समय युवाहरु बीच कफि क्रेज बढ्दै गएको बताउँदै उनले दैनिक आउने ग्राहकको रोजाईमा हट कफीतर्फ क्यापाचिनो, एक्सप्रेसो, डोपियो लगायतका परिकार पर्ने गरेका छन् । यसैगरी कोल्ड कफीतर्फ आइस अमेरिक्यानो, आइस क्यापाचिनो तथा क्याफे मोका पर्ने गरेको उनले बताए । कफी हबमा करिब ५ दर्जन स्वादका कफी उपलब् हुने उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ४९ बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी