६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लकडाउन कोसेली सार्बजनिक (भिडियो सहित)



बुटवल । श्रीनगर फिल्मस् प्रोडक्सन प्रालि, बुटवलले कोरोना रोगको कारण संसार त्राहिमाम् भएको अवस्थामा सोही रोगका कारण आमनागरिकमा पर्न गएको असर र बच्ने उपायहरुका सन्दर्भमा तीजको कोसेली लकडाउन बजारमा ल्याएको छ ।

कोरोनाले नेपाली नागरिकहरुले पाएको दुःखकष्ट,भोकभोकै सुत्न परेको मजदुरको पीडा,घरपरिवारबीच कोरोनाका कारण मनोवैज्ञानिक असर, राहतपनि नपुग, विदेशमा बसेका नेपालीहरुलाई घरमा बसेका आमाबाबाले सम्झिएर रुदै बसेका कथा, विहे/व्रतबन्ध रोकिएको,मलामी जान समेत डराउनु परेको र छरछिमेकीले समेत ज्वरो, हाँछ्यू आउँदा पनि गलत नियतले हेर्ने गरेका र संसारमा ठूलो धन मान्ने चलनलाई कोरोनाले तोड्दिएको समेत गीतमा समेटिएको छ ।

भावुकमात्र छैन गीत, सन्देशमूलक छ । कोरोनाको कहरबाट मुक्ति पाउनका लागि समेत यो गीतले नयाँ सन्देश प्रवाह गरेको छ । कोरोनाबाट बच्न र यसले पार्ने नकारात्मक असरबाट जोगिन समेत गीतले सबैलाई अनुरोध गरेको छ ।

कोरोनाका कारण लकडाउन भएको अवस्थामा समेत बुटवलमै रेकर्डिङ्ग, स्थानीय रमणीय क्षेत्रहरुमा छायाँकन, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको सो तीज कोसेली स्वरुप लकडाउन बजारमा ल्याइ पु¥याइएको श्रीनगर फिल्मस् प्रोडक्सन प्रालिका प्रवन्ध निर्देशक मनीष पन्थले बताउनुभयो ।

चर्चित गीतकार चिरन बरालको गीत/संगीत, लोकप्रिय गायिका प्रिया भण्डारीको स्वर, नृत्य निर्देशक लोकेन्द्र शाह र मनीष पन्थको छायाँकन, निर्देशन र सम्पादन रहेको उक्त लकडाउन तीजको उत्कृष्ट कोसेलीको रुपमा मंगलबार बजारमा आइपुगेको छ ।

भिडियो सहित

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ५१ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन