४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रहरीका ‘मोस्टवाण्टेड’ अभियुक्त राजेश यादव ‘धर्मसिंह’ पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ ।

प्रहरीको मोस्ट वाण्टेड सूचीका अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा लागेका यादवलाई बांके प्रहरीले पक्राउ गरेको हो । भारतमा लुकिछिपी बसिरहेका यादव घरमा आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए । प्रहरीले डुडुवा गांउपालिका स्थित यादवकै घरबाट उनलाई पक्राउ पक्राउ गरेको थियो ।

पुरैनीका स्थानी युवा बसन्त मल्ललगायतको हत्यामा संलग्न भनिएका यादवलाई गरिएकोपक्राउलाई प्रहरीले ठूलो उपलब्धी दाबी गरेको छ । प्रहरीका अनुसार यादव तत्कालिन भूमिगत समूह भगत सिंह समुहमा आवद्ध व्यक्ति हुन् । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृतमा बताउने जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको