काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको मुद्दाको सुनुवाइ न्यायाधीसद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा परेको छ ।
मुद्दाको पहिलो नम्मबरमै पेसी चढेको छ ।
सन्दीपलाई जेलबाट रिहा गर्ने पाटन उच्च अदालतको आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले गरेको निवेदन र आफूलाई विदेश खेल्न जान लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै सन्दीपले दिएको निवेदनलाई एकै ठाउँमा राखेर मुद्दाको सुनुवाइ हुन लागेको हो ।
बलात्कार अभियोगमा जेलमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पूर्पक्षका लागि जेलमा रहेका लामिछानेलाई २० लाख धरौटीमा शशर्त रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो ।
गत शुक्रबार न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई एकै ठाउँमा राखेर आज अग्राधिकारसहित सुनुवाई गर्न आदेश दिएको थियो ।



















प्रतिक्रिया