काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथिको सुनुवाइ भोलि पनि हुनेभएको छ ।
नाबालिग बलात्कारको आरोप लागेका लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ आज नसकिएपछि भोलि पनि हुने भएको हो ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भैरहेको सुनुवाइको क्रममा बहस नसिकएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
२० लाख धरौटीमा सशर्त छोड्ने पाटन उच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै दिएको निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ सुरु भएको हो ।
लामिछाने विरुरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।



















प्रतिक्रिया