३२ असार २०८३, बिहिबार | July 17, 2026

कोरोना संक्रमणका कारण दैलेखका एक पुरुषको निधन, कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कर्णाली प्रदेशमा अर्का एक व्यक्तिको मृत्यु भएको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिकाका पुरुषको मृत्यु भएको हो ।

३५ वर्षीय ती पुरुषमा गत असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । क्षयरोगका बिरामी रहेका ती पुरुषको उपचारकै क्रममा गएराति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

यससँगै प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने देशभर २४ जनाले ज्यान गुमाएका छन् ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको पनि महाशाखाले पुष्टि गरेको छ ।

संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका १ जना रहेका छन्। प्रदेशभर कुल संक्रमितको संख्या १३ सय ७ पुगेको छ भने उपचारपछि निको हुनेको संख्या ५६० पुगेको छ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ३३ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना