२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश-१ को नाम ‘कोशी’को पक्षमा दुईतिहाई बहुमत



विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा प्रदेशसभा बैठकमा छलफल भैरहेको छ ।

नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रदेश राखियोस भनि गरिएको प्रस्तावलाई दुईतिहाई बढीले पारित गरेको छ ।

पक्षमा प्रदेशसभामा उपस्थित सांसदहरुमध्ये ८२ जनाले हात उठाएका छन् । मतदान अघि छलफलका लागि गरिएको सो प्रस्तावको विपक्षमा चार जनाले मात्र हात उठाएकाछन् ।

दुई तिहाई बढी सांसदहरुले कोशीको पक्षमा हात उठाएपछि अब अब कोशी प्रदेशको विषयमा सभामा छलफल हुने छ ।
एमालेको प्रस्तावलाई नेपाली कांग्रेसले सुरुमा लिखित समर्थन गरेको थियो । तर पछि फिर्ता लिएपनि प्रस्तावकै पक्षमा मतदान गरेको छ। यस्तै माओवादीले पनि कोशी कै पक्षमा मतदान गरेको छ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले राखेको किरात लिम्बुवान सगरमाथा नामको प्रस्तावमा भने अब छलफल नै नहुने भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : २१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका