४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

प्रदेश-१ को नाम ‘कोशी’को पक्षमा दुईतिहाई बहुमत



विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा प्रदेशसभा बैठकमा छलफल भैरहेको छ ।

नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रदेश राखियोस भनि गरिएको प्रस्तावलाई दुईतिहाई बढीले पारित गरेको छ ।

पक्षमा प्रदेशसभामा उपस्थित सांसदहरुमध्ये ८२ जनाले हात उठाएका छन् । मतदान अघि छलफलका लागि गरिएको सो प्रस्तावको विपक्षमा चार जनाले मात्र हात उठाएकाछन् ।

दुई तिहाई बढी सांसदहरुले कोशीको पक्षमा हात उठाएपछि अब अब कोशी प्रदेशको विषयमा सभामा छलफल हुने छ ।
एमालेको प्रस्तावलाई नेपाली कांग्रेसले सुरुमा लिखित समर्थन गरेको थियो । तर पछि फिर्ता लिएपनि प्रस्तावकै पक्षमा मतदान गरेको छ। यस्तै माओवादीले पनि कोशी कै पक्षमा मतदान गरेको छ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले राखेको किरात लिम्बुवान सगरमाथा नामको प्रस्तावमा भने अब छलफल नै नहुने भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : २१ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन