१७ असार २०८३, बुधबार | July 1, 2026

आइसिसी विश्वकप लिग-२ : आजबाट सन्दीप लामिछाने पनि मैदानमा



काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजबाट नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन ।

नाबालिग बलात्कारको मुद्धामा विदेश जान उनी माथी लगाईएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युएई गएका लामिछानेले आज युएई विरुद्ध नेपालले खेल्ने खेल आवद्ध हुनेछन ।

सर्वोच्च अदालतको आदेशमा ढिला हुदाँ बिगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन । प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।

घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २-१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २-१ ले जितेको थियो ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । यस खेलमा बिजेता टोलीले २०२४ मा  श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्वका साथ हेरेको छ ।

नेपाली टोली:

रोहित पौडेल कप्तान‌, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : १३ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज