१ चैत्र २०८२, आइतबार | March 15, 2026

बुटवलमा बजार अनुगमन तिब्र, अखाद्य वस्तुको बिगबिगी



बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महँगी, कालोबजारी तथा अखाद्य वस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षाका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो ।

विषयगतरूपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्याङ्कन शाखा अधिकृत ठगीश्वर पोखरेलले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ खाद्यान्न बिक्री पसल, ११ मासु बिक्री पसल, १६ मिष्ठान्न भण्डार, नौ योजना निर्माण, चारवटा नदीजन्य पदार्थको चोरी–निकासी अनुगमन गरिएको छ । यस्तै तीन विद्यालय, आठ खेल संरचना, २२ होटल तथा स्पा सेन्टर, १५ सहकारी र आठवटा वडा कार्यालय अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा कानून र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थालाई कानूनबमोजिम कारबाही गरिएको उनले बताए । उनले आगामी दिनमा पनि निरन्तर अनुगमन हुने भएकाले उपभोक्ता र व्यवसायी तथा उत्पादक सचेत हुनुपर्ने बताए ।

बुटवलमा रहेका मिठाइ पसल र रेष्टुरेन्टमध्ये केहीमा अखाद्य अवस्थामा पुगेको तेल फेला परेकामा नष्ट गरिएको छ । केही मिठाइ पसल र रेष्टुरेन्टले तेलमा लापरवाही गरेको, बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिङ्गा र किरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएकामा सामग्री नष्ट गरी कानूनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपककुमार यादवले बताए ।

उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन र बिक्री गर्नुपर्नेमा त्यसो नगर्नेलाई कानूनी कारबाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए ।

बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, उद्योग वाणिज्य सङ्घ, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : २९ बजे

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय