२७ असार २०८३, शनिबार | July 11, 2026

‘बैध व्यापारले अबैध व्यवसायसँग प्रतिस्पर्धा गर्न असम्भव’



बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले खुला सिमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रिय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिले को विषम परिस्थितीमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए । उनीहरुले खुला सिमामका कारण भइरहेको अबैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले  सिमा नाकालाई व्यवस्थित गर्दै सिमाबाट हुने अबैध व्यापारले सिमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई  कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।

नियम पूर्वक भन्सार गरेर आएका सामानले अबैध समानसँग प्रतिस्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अबैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शुन्य भएको र सरकारको राजश्व समेत कम उठेकोले यस्मा सरकार गम्भिर हुनु पर्ने बताए । सम्भावना देखेर राज्यले गरेको लगानी भन्दा बढि कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकोले सधै यस्तै नरहने औल्याउदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकोले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवस्था आएकोले घटाउने तर्फ महासंघ लागेको बताए । हामीले पटक पटक बचतमा ब्यजदर नबढाउन माग गरिरहेका छौ । उनले भने ।

अहिले बैंकको ब्याज नतिर्ने भन्ने सन्देश जनस्तरमै गएको बताउदै उनले निजि क्षेत्र यसमा नलाग्न आग्रह गरे ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : २८ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका