४ आश्विन २०८३, आइतबार | September 20, 2026

सुरुङमार्गका कारण सिद्धबाबा मन्दिरलाई कुनै असर नपर्ने



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको सुरुङमार्गको प्रारम्भिक काम थालेको चाइनिज कम्पनीले सुरुङमार्गका कारण सिद्धबाबा मन्दिरमा कुनै असर नपर्ने स्पष्ट पारेको छ ।

सञ्चारमाध्यमहरुमा सुरुङमार्गका कारण सिद्धबाबा मन्दिर स्थानान्तर हुन सक्ने आसयका समाचार आएपछि तिनाउ गाँउपालिकामा भएको छलफलमा सो कम्पनीले मन्दिरलाई सुरक्षित राख्दै सुरुङमार्गको काम अगाडि बढ्ने स्पष्ट पारेको हो ।

मन्दिर व्यवस्थापन समिति, गाँउपालिकाका पदाधिकारी र स्थानीयहरुबीच भएको छलफलमा सिद्धबाबा सुरुङ्ग मार्ग आयोजनाको ठेकेदार कम्पनी चाईनीज कम्पनीका प्रोजेक्ट उपप्रमुख सिसि सुङ्ले मन्दिरलाई सुरक्षित बनाएर बाँकी काम अगाडि बढ्ने बताए । उनले डिपीआरमा मन्दिरको सुरक्षालाई ध्यानमा राखिने बताउँदै त्यसभन्दा बाहिरको काम नहुने बताए ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले सुरुङ्गका कारण मन्दिर सर्ने विषयमा आफुलाई कुनै आधिकारीक पत्र नआएको बताए । उनले आयोजना संगको छलफलमा मन्दिरले निर्माण गरेको धर्मशाला सहितका व्यावसायिक सटरमा प्रारम्भिक चरणमा सडक डाईभर्सन गर्नको लागि हटाउन सकिने सामान्य कुरा भए त्यस सम्बन्धमा कुनै पत्र प्राप्त नभएको बताए ।

धर्मशालामा सयौं भक्तजनहरुको श्रद्धा सहितको लगानी परेको भन्दै उनले धर्मशालाको वैकल्पिक व्यवस्था गरेर मात्र त्यसका केहि भाग हटाउन सकिने बताए ।

सिद्धबाबा मन्दिर विकास समितिका सचिव अरविन्द पाण्डेले मन्दिर सबैको आस्थाको केन्द्र भएको कारण मन्दिर देखिकेही मिटर उत्तर तर्फ रहेको पुरानो पार्कीङ्ग र पानी ट्यांकी निरबाट सुरुङ्गमार्गको द्वार निर्माण हुने भएको कारण मन्दिरमा कुनै असर नपर्ने बताए ।

मन्दिर विकास समितिका सदस्य तोया लम्सालले वैकल्पिक व्यावस्था विना धर्मशाला हटाउन नहुने बताउँदै त्यसलाई बचाएर सडक र सुरुङ्ग निर्माणगर्नका लागि पहल गरिएको बताए ।

छलफलले सडक डिभिजन कार्यालय बुटवलबाट सुरुङमार्गको नक्सा र त्यसले पार्ने असरका विषयमा सूचना माग्ने र आवश्यक छलफल अगाडि बढाउने निर्णय समेत गरेको छ ।

छलफलमा बोल्दै तिनाउ र्गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पालिकाले सडक डिभिजनबाट सुरुङमार्गको विवरण माग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : २४ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै