५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

आँबुखैरेनीमा कृषकका लागि हाटबजार सञ्चालन



तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय तहमा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो ।

उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गरे । सो अवसरमा सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताए ।

आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । गाउँपालिका कार्यालयको करिब रु ४० लाख लागतमा वार्षिक रु दुई लाख ५० हजार भाडा बुझाउने शर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको उनले बताए ।

कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारीलगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ । छिमेकी जिल्ला गोरखामा शनिबार सञ्चालन गरेकाले हप्तामा एक दिन शुक्रबार हाटबजार सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्यलगायतका वस्तु सुपथ मूल्यमा बिक्री वितरणका लागि व्यवस्था मिलाइने सूचना अधिकारी इञ्जीनियर निरोज श्रेष्ठले जानकारी दिए । गत वर्ष नै हाटबजार सञ्चालनमा ल्याउन लागे पनि कोरोनाका कारण सुरु गर्न सकिएको थिएन । अहिले सहज स्थिति भएकाले हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार उद्घाटन कार्यक्रम व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।

हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी बजार एकाइ प्रतिनिधि, व्यवासासीलगायतको कार्यसमिति गठन गरेर काम गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ११ : ४५ बजे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत