३२ असार २०८३, बिहिबार | July 16, 2026

आँबुखैरेनीमा कृषकका लागि हाटबजार सञ्चालन



तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय तहमा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो ।

उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गरे । सो अवसरमा सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताए ।

आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । गाउँपालिका कार्यालयको करिब रु ४० लाख लागतमा वार्षिक रु दुई लाख ५० हजार भाडा बुझाउने शर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको उनले बताए ।

कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारीलगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ । छिमेकी जिल्ला गोरखामा शनिबार सञ्चालन गरेकाले हप्तामा एक दिन शुक्रबार हाटबजार सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्यलगायतका वस्तु सुपथ मूल्यमा बिक्री वितरणका लागि व्यवस्था मिलाइने सूचना अधिकारी इञ्जीनियर निरोज श्रेष्ठले जानकारी दिए । गत वर्ष नै हाटबजार सञ्चालनमा ल्याउन लागे पनि कोरोनाका कारण सुरु गर्न सकिएको थिएन । अहिले सहज स्थिति भएकाले हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार उद्घाटन कार्यक्रम व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।

हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी बजार एकाइ प्रतिनिधि, व्यवासासीलगायतको कार्यसमिति गठन गरेर काम गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ११ : ४५ बजे

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत

व्यावसायिक तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा