११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

सदुरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी सांसदहरुलाई प्रचण्डको निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले सदुरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई फोन गरी यस्तो निर्देशन दिएका हुन् । प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता बनेका कारण यसलाई टुट्न नदिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । माओवादीले सरकारको नेतृत्वमा आलोपालो र मन्त्रालयको भागवण्डा प्याकेजमा गर्नुपर्ने माग पुरा नभएसम्म विश्वासको मत दिन नसक्ने निस्कर्ष निकालेको थियो । अब प्रदेशसरकारको भागवण्डा समेत केन्द्रबाटै हुने बताइएको छ ।

मुख्यमन्त्री शाहले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ११ : ३१ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा