१७ आश्विन २०८३, शनिबार | October 3, 2026

एमालेसँगको प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक प्रचण्डको आह्वान



बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन् ।

धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

“यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ”, उनले भने । उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार सङ्गठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए । सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र सङ्गठन विस्तार गर्न सकिने उल्लेख गर्दै उनले उपलब्ध जनशक्ति, सङ्गठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा उनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्नसक्ने प्रभावबारे पनि चर्चा गरे । एआईमा अत्यधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने र प्रविधिका कारण श्रमिक विस्थापित हुने अवस्था आउनसक्ने उनले बताए ।

विश्वका विभिन्न मुलुकले एआईबाट उत्पन्न हुनसक्ने चुनौती सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । संयोजक प्रचण्डले विद्यमान राजनीतिक परिस्थितिबाट निरास नभई अनुशासित र धैर्यतापूर्वक सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ८ : ३२ बजे

जितिया पर्वको दिन पोखरीमा नुहाउँदा दुई किशोरीको ज्यान गयो

कलैया । जितिया पर्वका अवसरमा पोखरीमा नुहाउन गएका बाराका दुई

एमालेसँगको प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक प्रचण्डको आह्वान

बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालद्वारा औषधि खरिदका लागि बोलपत्र आह्वान

खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराले आर्थिक वर्ष

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

बुटवल । बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय

बुटवलमा २ करोड लगानीमा १८ डी मुभी थिएटर र मिरर मेज सञ्चालन हुँदै

बुटवल । बुटवलमा चार जना युवाको करिब २ करोड रुपैयाँ