९ माघ २०८२, शुक्रबार | January 23, 2026

हेलिकप्टरबाट हुम्लाको गाउँगाउँमा नुन ढुवानी



सुर्खेत । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ ।

सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए ।

कैलाश एयरको हेलिकोप्टरबाट अनुुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो ।

हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ । हेलिकोप्टरभित्र राख्नभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ ।

चालुु आर्थिक वर्षको दुुई हजार दुुई सय क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुुरु छ । खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकोप्टरबाटै ढुवानी गरिएको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्‍याएको उनले बताए ।

यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन् ।गाउँपालिकाका लागि साढे सात सय क्विन्टल नुन ओसार्ने कार्य भएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरी रहेको छ ।

हुम्ला जिल्लामा आयोडिनयुक्त नुनको प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गरेको छ । यस्तै हवाइ मार्गबाट समेत हुम्लामा नुन ढुवानीको काम भइरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : २९ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा